मुख्य समाचार

कांग्रेस केन्द्रीय समति बैठक आज बस्दै, यस्ता छन एजेण्डा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा १ बजे बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय,पार्टी रणनीति र पार्टी संगठनको बारे छलफल हुने बुझिएको छ ।

आज बस्ने केन्द्रीय समितिले राष्ट्रिय राजनीति र आन्तरिक पार्टी संगठको विषयमा गहन छलफल गरेर अघि बढ्ने एक केन्द्रीय सदस्यले बताए । बैठकमा प्रदेश नम्बर १ र बागमती प्रदेशको अविश्वासको प्रस्तावमाथि पनि छलफल हुने उनले बतए ।

१४ औं महाधिवेशनको सम्मुखमा रहेको कांग्रेसले समायोजनको विषयलाई बैठकमा महत्वका साथ छलफल गर्ने तयारी गरेको छ । समायोजनको विवाद रहेका सिन्धुपाल्चोक, सोलुखुम्बु, सप्तरी, बारा जिल्लाको समायोजन विवाद टंग्याउन बैठक केन्द्रित हुने बुझिएको छ । यसै गरी बैठकमा भ्रातृ संस्थाको पूर्णता र म्याद थपको विषयमा पनि छलफल हुने बुझिएको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै देशभर तीन चरणमा आन्दोलन गरेको कांग्रेसले सर्वोच्चमा विचाराधीन मुद्धाको बारेमा टिकाटिप्पणी नगर्ने आधिकारीक धारणा सार्वजनिक गरिसकेको छ ।
संसद विघटनपछि साथ खोज्दै कांग्रेसको ढोका चाहारी रहेका नेकपाका दुवै समुहलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा कानूनी रुपमा नफुटेको हुनार्ले साथ दिन नसक्ने बताएका थिए । प्रतिनिधिसभा विघटनको विषयमा कांग्रेसका केही नेता कन्फ्युज देखिएपनि सभापति देउवाले भने असंवैधानिक कदमको निरुपण न्यायलयले गर्ने र कांग्रेसलाई न्यायलायको निर्णय स्वीकार्य हुने स्पष्ट धारणा सार्वजनिक गरेका छन । देउवाले नेकपाका दुवै समुहसंग मिलेर आन्दोलन गर्न नसकिने स्पष्ट धारणा राखेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *