काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले १ हजार ९९९ सदस्य रहने गरी महाधिवेशन आयोजक समितिको घोषणा गरेका छन् । मंगलबार बालुवाटारमा बसेको आफू पक्षीय केन्द्रीय समिति बैठकमा ओलीले सो घोषणा गरेका हुन् ।
ओलीले आ पाँच सय ५६ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । प्रचण्ड माधव नेपाल पक्षका चार सय ४६ केन्द्रीय सदस्यलाई मनोनयन गर्न बाँकी छ ।
केन्द्रीय समिति बैठकमा नेकपाका दुई सय पनि केन्द्रीय सदस्य उपस्थित थिएनन् । समितिमा पूर्वमाओवादी पक्षका टोपबहादुर रायमाझी पहिलो वक्ता थिए । उनले पुष्पकमल दाहाल प्रचण्डको निकै आलोचना गरे । उनले प्रचण्डको साथ छाड्नुमा अर्घाखाँचीको राजनीति हो । यदि पूर्वएमालेले भोट नदिएमा रायमाझी अर्घाखाँचीमा पराजित हुने निश्चित छ । त्यही भएर उनले ओलीको दौरा समाएका हुन् ।




