रिबन

बालुवाटारमा ओली पक्षीय केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । सत्तारुढ नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षीय केन्द्रीय समितिको बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको नेकपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी ओली बैठकस्थलमा प्रवेश गरेका छन् ।

केन्द्रीय समिति बैठकमा नेकपा महासचिव विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, विष्णु रिमाललगायतका नेता सहभागी छन् । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो धारणा राखिरहेका छन् । पार्टी विभाजन हुन सक्ने अवस्थाबारे ओलीले केन्द्रीय सदस्यलाई जानकारी गराएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *