काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले पार्टी विभाजनको गृहकार्य तीव्र रूपमा अघि बढाएका छन् ।
आज दुवै पक्षले केन्द्रीय कमिटी बैठक राखेर एकले अर्को पक्षलाई कारबाही गरेको निर्णय निर्वाचन आयोगमा बुझाउने भएका छन् । नेकपा आफ्नो पक्षमा पार्न ओली पक्षले पहिले नै केन्द्रीय कमिटी बैठक राख्दैछ ।
पार्टी फुट्ने निश्चित भएपछि प्रचण्ड पुल्चोकस्थित मन्त्रीक्वार्टर पुगेका छन् । उनी र गृहमन्त्री रामबहादुर थापा बादलबीच छलफल भइरहेको छ । बादल अहिले कुनै पक्षतिर पनि नखुलेपछि प्रचण्ड उनलाई मनाउन आफैं पुल्चोकपिस्थत मन्त्रीक्वार्टर पुगेका हुन् । यसअघि बादलले प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका थिए । अब भने उनी प्रचण्डतिर खुल्ने अनुमान गरिएको छ ।
तर, ओलीले हठात प्रतिनिधिसभा विघटन गरेपछि बादल असन्तुष्ट छन् । सोही कारण उनी सोमबार बालुवाटार बैठकमा गएनन् । बादललाई प्रचण्ड समूहमा आउन देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्यलगायतले दबाब दिँदै आएका छन् ।




