काठमाडौं । सरकारले संसद् विघटनको सिफारिस गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गरेको हो ।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका छन्। मन्त्रिपरिषदमा विघटनको सिफारिश गर्ने जानकारी दिएर उनी हिँडेको मन्त्रीहरुले बताएका छन् ।
त्यसअघि ओलीले आफू निकट नेताहरुसँग लामो छलफल गरेका थिए। आइतबार बिहानै ओली राष्ट्रपतिलाई भेट्न शितल निवाससमेत गएका थिए।




