रिबन

नेकपा स्थायी कमिटी बैठक एकछिनमै सकियो, अब तीन दिनपछि बस्ने

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एकछिन बसेर सकिएको छ ।
एक हप्तापछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आज बसेको स्थायी कमिटीको बैठक नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोकप्रस्ताव पारित गर्दै १ पुससम्मका लागि स्थगित भएको हो ।

अघिल्लोपटक पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली उपस्थित थिएनन् । तर प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको आजको बैठकमा भने उनी उपस्थित थिए ।

ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमै नजाने बताउँदै आएका थिए । ओलीले आफू आफ्नो पूर्वअडानअनुसार स्थायी समितिमा उपस्थित हुन नसक्ने भन्दै पत्रमार्फत जानकारी दिएका थिए । तर, आजको बैठकमा भने उनी उपस्थित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *