रिबन

बालुवाटारमा बिहानै मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री केपी ओलीले बिहान ११ बजे सर्वदलीय बैठक बोलाएको र बैठकमा सरकारका एजेन्डा तय गर्न मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रधानमन्त्री ओलीले मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएपछि सबै मन्त्री उठ्नेवित्तिकै बालुवाटार पुगेका थिए । सरकारले आज सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्दैछ । त्यो निर्णय पास गर्न पनि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाएका हुन् ।

राजावादीको बढ्दो सक्रियतालाई दृष्टिगत गरी प्रधानमन्त्री ओलीले प्रमुख राजनीतिक दलका शिर्ष नेतासँग परामर्श गर्न लागेका छन् । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेताहरुलाई बोलाइएको छ । तर, राष्ट्रिय प्र्र्रजातन्त्र पार्टीलाई निम्तो छैन । राप्रपा राजसंस्था फर्काउने एजेन्डासहित सडकमा उत्रिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *