काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मनमन्त्रिपरिषदको बैठकमा केही मन्त्रीहरुको घुमघाम नसकिएको भन्दै व्यंग्य गरेका थिए । बिहिवार बसेको वैठकले वन मन्त्रालयमा कार्यरत सहसचिव प्रेम कंडेललाई सचिवमा बढुवा गरेसँगै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदको बैठकमा केही मन्त्रीहरुलाई लक्षित गरेर व्यग्य गरेको स्रोतको दावी छ ।
मन्त्रिपरिषदको बैठकपछि उनको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय समेत गरेपछि प्रधानमन्त्रीले त्यस्तो व्यग्य गरेका हुन ।
करिव एक घण्टा चलेको वैठकमा केही हुनसक्ने अनुमान गरिए पनि त्यस्तो महत्वपूर्ण निर्णय भने केही भएन । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठकअघि राष्ट्रपति विद्या भण्डारीलाई शितल निवास पुगेर भेटवार्ता गरेका थिए । वैठकमा प्रधानमन्त्रीले केही मन्त्रीहरुलाई लक्षित गरेर घोचपेच गरेको स्रोतको दावी छ ।
उनले वैठक सुरु भैसकेपछि पूर्वमाओवादीका मन्त्रीहरुलाई लक्षित गरेर मन्त्रीज्युहरु भ्रमणमा हुनुहुन्छ, तपाईहरुका धारणाहरु विभिन्न माध्यमहरुबाट सुनिरहेको छु भन्दै घोचपेच गरेको प्रधानमन्त्री निकट एक मन्त्रीले बताए । प्रधानमन्त्री ओलीले त्यसो भनेपछि मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुले मुखामुख गरेका थिए ।
प्रधानमन्त्री ओलीले उर्जामन्त्री वर्षमान पुनलाई लक्षित गरेर भनेको धेरैले अनुमान लगाएका छन् । मन्त्री पुनले आफूसँग विमति राख्ने मन्त्रीहरुलाई प्रधानमन्त्रीले पूर्वाग्रह सांध्ने गरेको बताएका थिए ।
प्रधानमन्त्रीको राजनीतिक प्रतिवेदन कित्ताकाट गर्ने हिसावले आएको भन्दै उनले त्यो बेठिक भएको बताएका थिए ।
त्यसका साथै दोस्रो पुस्ताका नेताहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष चलाउन सक्षम भएको धारणासमेत पुनले राखेका थिए । प्रधानमन्त्री ओलीले सामान्यतः आफूसँग विमति राखेपछि घोचपेच गर्ने गरेका थिए । ‘सधैजसो प्रधामन्त्रीले कोही न कोही मन्त्रीहरुलाई लक्षित गरेरै बैठक चलाउनु हुन्छ,’ एक मन्त्रीले भने ।




