एजेन्सी । पछिल्लो २४ घन्टामा विश्वभर ४ लाख बढी कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ४ लाख ४१ हजार १५७ जना नयाँ संक्रमित थपिएका हुन् भने कोभिड १९ भाइरसबाट ज्यान गुमाउनेको संख्या १४ लाख २६ हजार १०१ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण विश्वमा पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ३१० कोरोना संक्रमितको मृत्यु भएको छ ।
विश्वमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ६ करोड ५३ लाख ४५ हजार २६ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ७०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख २९ हजार ३४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १० हजार ६७१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार २३६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार २३७ सक्रिय सङ्क्रमित रहेका छन् । ।




