बर्दिबास । पछिल्लो समय देशभर बलात्कारका घटनामा वृद्धि भएको छ । यसैक्रममा महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीबाट एक बालिकाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको छ । बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेपछि अहिले बर्दिबास तनावग्रस्त छ ।
स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै सडक आन्दोलन गरेका छन् । आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजगमार्गमा टायर बालेर बन्द गरेका छन्।
प्रदर्शनकारीले प्रदर्शनस्थलमा निरन्तर ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको इलाका प्रहरी कार्यलय वर्दिवासका डीएसपी राजन चापागाइँले जानकारी दिएका छन्। भीडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
डीएसपी चापागाईंका अनुसार आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव राति बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो।
स्थानीयले आरोपीको घरमा पनि तोडफोडका साथै आगजनी गरेका छन्।




