मुख्य समाचार

प्रतिबन्धित विप्लव समूहका अर्थ विभाग प्रमुख पक्राउ

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) सहित दुई नेताहरुलाई प्रक्राउ गरेको छ । ललितपुरको नख्खुस्थित एक घरमा बैठक बसिरहेका बेला उनीहरुलाई नेपाल प्रहरीको विशेष व्यूरोले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेको विषयलाई प्रहरीले केही बताउन चाहेको छैन ।
प्रहरी उच्च स्रोतका अनुसार अर्थ विभागका प्रमुख दर्नाल र अर्थ विभाग सदस्य सन्जीव नेपाली (सुवर्ण) माथि अनुसन्धान सुरु गरिएको छ ।
व्यापारीहरुबाट चन्दा संकलन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले दावी गरेको छ । अर्थ विभाग प्रमुखसहित दुई नेतालाई पक्राउ गरेको विषयमा विप्लव समूहका नेता एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माले पुष्टि गरेका छन् । उनले पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील उनीहरुलाई जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाइएको दाबी गरेका छन् । उनीहरूको गिरफ्तारीले राजनीतिक स्वतन्त्रता र मानवअधिकारको घोर उल्लङ्घन भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *