काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । निर्धारित समय दिउँसो १ बजे नै बैठक सुरु भएको हो ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव विष्णु सापकोटा जुगलले बैठक सुरु भएको जानकारी गराएका हुन् । बैठकमा सहभागी हुन सचिवालयका सबै सदस्य बालुवाटार पुगेका थिए ।
प्रचण्ड भने साढे १२ बजे नै बालुवाटार पुगेका थिए । बैठक सुरु हुनुअघि ओली र प्रचण्डबीच केही बेर कुराकानी भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहपछि ओली सचिवालय बैठकमा बस्न सहमत भएका हुन् ।
यसअघि प्रचण्डले विभिन्न आरोप लगाउँदै प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता नभएसम्म ओलीले आफू सचिवालय बैठकमा नबस्ने जानकारी गराएका थिए । तर, अहिले ओली गलेका छन् ।




