मुख्य समाचार

सचिवालय बैठक बोलाउन ओली सहमत, शुक्रबार ४ बजे बालुवाटारमा बस्ने

काठमाडौं । अन्ततः प्रधानमन्त्री केपी ओली सचिवालय बैठक बोलाउन राजी भएका छन् । नेकपाका दुबै अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शमा महासचिव विष्णु पौडेलले पार्टीका केन्द्रीय सचिवालयको बैठक शुक्रबार बालुवाटारमा बस्ने गरी बोलाएका हुन् ।
सचिवालय बैठक बोलाउने विषयमा नेकपामा विवाद उत्कर्षमा पुगेको छ । अब सहमतिमै बैठक बोलाइएकाले प्रचण्ड, माधवकुमार नेपाल समूहले के गर्लान् ? भन्ने चासो उत्पन्न भएको छ ।
केही दिनअघिसम्म पनि ओली अहिले सचिवालय बैठक बस्नुको तात्पर्य नभएको र आफू नजाउने बताउँदै आएका थिए । तर, प्रचण्ड र माधव नेपाल समूहले कडा कदम चाल्ने संकेत पाएपछि ओली गलेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *