रिबन

सशस्त्रका एआइजी र डिआइजी अवकाशको एक महिना अघि नै पारिवारिक घुमघाममा

काठमाडौं । सुरक्षा निकायमा अवकाशमा पुगेका उच्च अधिकारीहरु आफूले नघुमेका स्थानमा घुम्ने रहर गर्छन । उनीहरु अवकाशको एकदुई महिना अघिदेखि नै संगठनको काम छाडेर घुमघाम गर्ने काममा व्यवस्त हुन्छन् । नेपाल प्रहरी होस वा सशस्त्र प्रहरीका अधिकारीहरु हुन उनीहरु जागिरको अन्तिम समयमा आएर मातहत यूनिट पुग्दै घुमघाममा रहमाउने मात्रै होइन उस्तै परे तर्साएर आर्थिक लाभ समेत लिने गरेको पाइन्छ ।


प्रधानकार्यालयबाट विदा लिएर वा काज मिलाएर उनीहरु घुम्न जाने हुन्छन् । अहिले एआइजी तथा डिआइजीहरु आफू अबकाश हुने केही समय अघिदेखि देश दौडाहमा निस्कन थालेका छन् । अबकाशपछि राज्यको खर्चमा घुम्न नपाईने र त्यतिकै सेवा सुविधा लिएर बाहिर निस्कन नपाइने भएपछि उनीहरु राज्यकोषको दुरुपयोग गर्दै देश दौडाहमा निस्केका हुन् । उनीहरु देश दौडाहमा निस्केपछि मातहत कार्यालय प्रमुखहरु समेत आतंकित बनेका छन् ।


अबकाश अघिको घुमघाम र उठन्तिका कारण मातहतका निकायमा यस्तो अबस्था आएको हो । आगामि पुष २९ गते अबकाश हुन लागेका एआइजी नारायण बाबु थापा यतिखेर ६ नम्बर प्रदेशको उत्तरी क्षेत्र घुमघाममा छन् । डोल्पाको सेफोक्सुन्डो ताल पुगेका उनी त्यहाँ बाट मुगुको रारा पुगेका छ्न् । अझै उनको घुमघाम सकिएको छैन । अबकाश पछि यस किसिमले मातहत कार्यालयको खर्चमा मस्ति गर्न त्यति सहज नहुने भएकोले अहिले नै फिनिसिङ हान्न लागेको सशस्त्र मूख्यालय हलचोक श्रोत जनाएको छ ।

यस प्रकारका घुमघामबाट मातहत कार्यालयले सिपाहीको पेट मारेर भए पनि खर्च पुयाउनु पर्ने बाध्यता रहेको भन्दै सशस्त्र प्रहरी मूख्यालयसम्ममा रिपोटिंग गर्न थालिएको छ । यसैगरी अबकाशको मुखमा २ नम्बर प्रदेशका डिआइजी कृष्ण भक्त ब्रम्हाचार्य , गण्डकी प्रदेशका डिआइजी राजेन्द्र बस्नेत , ६ नम्बर प्रदेशका डिआइजी हरिश्चन्द्र अधिकारी , ७ नम्बर प्रदेशका डिआइजी हरिशंकर बुढाथोकी अहिले मातहत कार्यालय बाट आर्थिक लाभ लिन र घुमघाममा तल्लिन छन् ।

उनीहरु पनि अवकाशकै मूखमा रहेका छन् । ‘डिआइजी साबको घर जाने बेला भयो , संगठन भाँडमा जाओस् तर गण , गुल्म र बेश बाट पैसा उठाउन ब्यस्त छन्’, गण्डकी प्रदेशका एक अधिकृतले भने । यी प्रदेश डिआइजीहरु सबै आगामी मंसिरमा एकै पटक अबकाशमा जाँदै छन् । कोही मातहत कार्यालयको जी हजुरीमा घुमघाममा ब्यस्त , कोहि पैसा उठाउन ब्यस्त , यतिखेर यी हाकिमको रमिता हेर्न लायकको हर्कतले अन्य कार्यालय आजित भएको सशस्त्र प्रहरी मूख्यालय श्रोत बताउँछ ।

नेपाल प्रहरीबाट आएका एसपीहरुले संगठन बिगारेको खुलेआम आरोप लगाइरहँदा अहिले सिं सं २ का एसपीहरु गण कमान्डमा रहँदा समेत उही पुरानो धन्दा र चाकडी नरोकिएको जानकारहरु बताउँछन् ।‘यो पुस्ता बाट त केहि होला भनेको तर सबै उस्तै देखिए ’, एक उच्च अधिकृतले बताए । मातहत कार्यालयको खर्चमा मस्ति गर्ने र घुमफिरमा हिंड्ने हाकिम एक्लै हुंदैनन् साथमा उनीहरुकै मातहतले भन्ने गरेका साब्नि हजुर अर्थात हाकिमका श्रीमती , छोराछोरी समेत हुनेगर्छन् । यसरी सपरिवार घुम्ने मध्ये ४ नम्बर बाहिनिका डिआइजी राजेन्द्र बस्नेत पनि एक हुन् ।

यसैगरी नारायणबाबु थापा चाहिं रामहरी खड्का र अर्का अनुशासनहीन अरोप खेपेका इन्स्पेक्टर बीरेन्द्र राउत सहितको जम्बो टोलिका साथमा घुमफिरमा गरिरहेका छन् । घर जाने बेलामा आफु मातहत कार्यालय बाट थर्काएर , फकाएर , कारबाही र अनुगमनको धम्कि दिएर भए पनि आर्थिक लाभ लिने र गोजि भर्ने रोग सशस्त्रमा पुरानै रहेकाले उनीहरु देश दर्शनका साथै घुमघाममा व्यस्त रहेको बताइन्छ ।

उनीहरु अवकाशमा जाने भएपछि आफूहरु मातहतको अनुगमनमा आएको भन्न समेत भ्याएका छन् । तर एआइजी थापाले मूख्यालयबाट अनुगमनमा जाने अनुमति लिएका छैनन । उनले मातहतका डिआइजी र गुल्मपतिहरुलाई म आउदै छु है त्यतातिर व्यवस्था गर्नु भनेर डोल्पाको से –फोक्सुण्डो तालदेखि रारा तालसम्मको यात्रा भ्याए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *