काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादमा राजनीतिबाट टाढा रहेका प्रदीप नेपाल घुसेका छन् । प्रधानमन्त्रीका तीन सल्लाहकार, मन्त्रीसहितका एउटा टोलीले प्रदीप नेपालसँग भेटघाट गरेपछि उनी एकाएक चर्चामात्रै आएका छैनन विवाद मिलाउने तहसम्म पुगेका छन् ।
दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको दूरीको कारण ‘अलग–अलग हुने’सम्मका प्रस्तावका विषयले खुलाए पछि विवाले विभाजन सम्मको बाटो तय भएको देखियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूनिकट रहेका माधवकुमार नेपाल, झलनाथ खनाल, रामबहादुर थापालगायतलाई बोलाएर ओलीले सोही प्रस्ताव गरेको, फोनमा पनि त्यहि भनेको ब्रिफिङ प्रचण्डबाट पाएको सार्वजनिक रुपमा नै खुलासा गरे ।
यतिमात्र नभएर तत्कालिन एमाले नेता प्रदिप कुमार नेपाललाई निर्वाचन आयोगमा दर्ता रहेको ‘नेकपा एमालेको अध्यक्ष बन्न ओलीको प्रस्ताव’समेत परेको भन्ने प्रचण्डले ब्रिफिङका क्रममा भनेपछि नयाँ तरङ्ग छायो।
यसलाई अर्थपूर्ण रुपमा बुझ्नका लागि ओलीनिकट मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका सल्लाहकारसहितको टोली नेपाललाई भेट्नका लागि पुगेको प्रसङ्गले पनि चर्चा पायो । खुमलटारमा प्रचण्डको ब्रिफिङ सुनेपछि पार्टी विभाजनको मुखमा पुगेको चाल पाएका नेता माधवकुमार नेपालले पनि प्रदिपलाई भेट गरी ओलीलाई सम्झाउनका लागि सुझाव दिएको विवरण सतहमा आएको छ ।
नेता नेपालका तर्फबाट यस्तो विषयमा केही खुलासा नगरिए पनि मिडियाहरूले नेपालले ओलीलाई सम्झाउन भनेको र प्रदिपले पुराना साथी मिलेर जान सुझाव दिएको दाबी गरेका छन् । नेकपाको विवाद उत्कर्षमा पुगेका बेला राजनीतिबाट टाढा हुन लागेका प्रदिपलाई नै किन सुझावको केन्द्रविन्दु बनाउँदैछन् अन्य बरिष्ठ नेता भन्ने विषय गम्भिर रुपमा अगाडि सारिएको छ ।
के बरिष्ठ नेता नेपालले यस विषयमा समाधानको सिधा अभ्यासमा ओलीलाई भेट्न सक्तैन थिए? ‘बरिष्ठ नेता नेपाल र प्रदिपको सम्बन्धको कसी अर्को भएको र वास्तविक रणनीति के हुनसक्छ, के प्रचण्डले भनेको कुरो साँचो हो? भनेर बुझ्नका लागि पनि पुगेका हुन’, उच्च स्रोतको दाबी छ,‘मिडियाहरूमा आएका रिपोर्टको प्रदिप नेपालले खण्डन गरेपछि वास्तविकता बुझ्न पुगेको हुनुपर्छ।’
प्रदिपसँग नेकपाभित्रका पुराना माओवादी नेताले पनि वास्तविकताबारे बुझ्ने र केही समस्या भए समाधानका निम्ति प्रधानमन्त्री ओलीलाई परामर्श दिन भनेका छन्। यद्यपि, नेकपाभित्रको विवादका विषयमा आफूलाई कुनै चासो नभएको बारे प्रदिप नेपालले स्पष्ट पारिसकेका छन्।




