मुख्य समाचार

तिहार नआउदै काठमाडौमा पट्काको तस्करी शुरु

काठमाडौं । तिहार नआउदै काठमाडौ उपत्यकामा विस्फोटक पदार्थ पट्का भित्रन शुरु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार चन्द्रागिरि नगरपालिका २ नागढुङगाबाट करिब १३ लाख ३० हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार थान खुर्सानी पटाका सहित कञ्चनपुर भिमदत्त नगरपालिका४ घर भएका ३० वर्षीय नवीन जोशी पक्राउ परेका छन् ।

महेन्द्रगनरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ४५५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको सिटमुनि लुकाई छिपाई ल्याएको अवस्थामा उक्त पटाका फेला पारी बस चालक जोशीलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरि नगरपालिका२ नागढुङगाबाट ८ हजार ४ सय थान खुर्सानी पटाका, १२ थान सिङग्ल रकेट लेखिएको पटाका, ८० थान गमला पटाका, १ सय थान बुलेट पटाका, १ सय ९० थान लामो रकेट पटाका सहित रौतहट राजदेवी नगरपालिका(६ घर भएका ३२ वर्षीय पिन्टु जैसवाललाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको गौरबाट काठमाडौंतर्फ आउँदै गरको ना.६ ख ७११४ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा जैसवालले झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त पटाका सहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरु उपर मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा अनुसन्धान तथा कारवाही भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *