मुख्य समाचार

१९५४ कोरोना संक्रमित थपिए, थप ११ जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना कोरोना मुक्त भएसंगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ । हाल आइसोलेसनमा ३९ हजार ६ सय ४३ र क्वारेन्टिनमा २ हजार ८ सय ८९ जना रहेका छन् ।

उपत्यकामा थप ८४३ मा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ जनामा संक्रमण पुष्टि भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *