काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष तथा राष्ट्रिय सभाका मनोनित सांसद वामदेव गौतमबिरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै बेला स्थायी कमिटी सदस्य तथा नेकपा प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठबिरुद्धको रिटसमेत दर्ता हुने भएको छ ।
प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्ति राष्ट्रिय सभामा सांसद र मन्त्री हुन नपाइने जिकीर लिँदै गौतम र श्रेष्ठबिरुद्ध अदालतको ढोका ढक्ढकाइएको हो । गौतमबिरुद्धको मुद्दा संवैधानिक इजलासले हेरिरहेको छ ।
सर्वोच्च अदालतका अधिकांश न्यायाधीश कोरोना सङ्क्रमणको कारण क्वारेण्टिन र आइसोलेसनमा बसेपछि उक्त मुद्दाको पेशी एकै चोटी कात्तिक अन्तिम सातालाई सरेको छ । गौतमको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूको लिखित जवाफ भोलि अदालतमा पेश हुने बुझिएको छ ।




