ताजा समाचार

घटस्थापनादेखि सरकारी कार्यालय बन्द गर्ने प्रस्ताव

 काठमाडौं । देशमा कोरोना संक्रमण विस्फोटकरुपमा फैलिएसँगै सरकारले घटस्थापनाको दिनदेखि पूर्णिमासम्म सरकारी कार्यालयहरु बन्द गर्न तयारी गरेको छ । कोभिड १९ महामारी व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकमा घटनास्थापनाको दिनदेखि सरकारी कार्यालय बन्द गरिनुपर्नेमा जोड दिइएको स्रोतले जनाएको छ ।

बैठकमा देशामा पछिल्ला दिनहरुमा सरकारी कर्मचारी तथा सुरक्षाकर्मीहरु संक्रमित हुने क्रम बढेको भन्दै दशैंमा कर्मचारीहरुबाट झन कोरोना फैलिने जोखिम रहेको भन्दै अत्यावश्यक सेवाबाहेक सबै सेवा घटस्थापनाका दिनदेखि पूर्णिमाका दिनसम्म बन्द गर्ने गरी रणनीति बनाउन सरकारलाई सिफारिस गर्ने तयारी भएको हो ।स्रोतका अनुसार आज सीसीएमसीको बैठक बसेर कोरोना नियन्त्रणको मोडलबारे सरकारलाई सिफारिस गरिने र आगामी सोमबार बस्ने मन्त्रिपरिषदबाट पारित गाराउने तयारी छ ।

सीसीएमसीको शनिबारको बैठकमा काठमाडौं उपत्यकालगायत देशमा कोरोना संक्रमण तिब्ररुप बढ्नुको कारणबारे नेपाली सेनाले आफ्नो प्रस्तुति दिएको थियो । सेनाले लकडाउन खुकुलो र लकडाउन अन्त्यको राम्रो व्यवस्थापन हुन नसक्दा कोरोना तिब्ररुपमा फैलिएको निष्कर्ष निकालेको जनाइएको छ । सेना देशमा फेरि लकडाउन गर्नुपर्ने पक्षमा रहेको र गृहमन्त्री रामबहादुर थापाले सेनाको भनाईमा समर्थन जनाएको स्रोतले बतायो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *