काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सत्तापक्षको मनपरी हुन नदिने दायित्व प्रतिपक्षी दलको भएको बताएका छन् । एउटा अनलाइन प्रोटलसँग कुरा गर्दै उपसभापति निधिले भने, ‘अख्तियारमा प्रमुख आयुक्त र आयुक्त कस्ता व्यक्तिलाई बनाउने भनेर संविधानमै न्यूनतम योग्यता तोकिएको छ, त्यो मापदण्ड अनुसार नियुक्ति हुनुपर्छ ।’
संविधानले तोकेको मापदण्डअनुसार प्रमुख आयुक्त र आयुत्तको नियुक्त हुनुपर्छ भन्ने अडान कांग्रेसको भएको उपसभापति निधिको भनाइ छ । उपसभापति निधिले भने, ‘यदि संविधानको मापदण्डअनुरुप भएन भने कांग्रेसले त्यसको खबरदारी गर्छ, संविधानले तोकेका मापदण्डमा आयुक्तहरु नियुक्ति गर्न सकियो भने संस्था अहिले बलियो हुन्थ्यो। भ्रष्टाचार नियन्त्रणमा आउँथ्यो, सुशासन कायम हुन्थ्यो, नेता निधिको भनाइ छ ।
अहिलेको सत्तापक्षले न्यायपालिका, अख्तियार, निर्वाचन आयोगलगायत संवैधानिक अंगलाई आफ्नो मान्छे भर्ना गर्ने केन्द्र बनाएको आरोप नेता निधिको छ । संविधानमा उल्लेखित योग्यता भएका व्यक्तिहरूलाई आयोगजस्ता संवैधानिक निकायमा लैजानु पर्छ, नेता निधिले भने, ‘जुनसुकै पार्टी सरकारमा आए पनि न्यूनतम योग्यता भएकालाई होइन, सबैभन्दा योग्यलाई लैजानु पर्छ ।’




