मुख्य समाचार

रुपन्देहीका २ हजार बढी नेकपा कार्यकर्ताले पार्टी परित्याग गरेको घोषण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीका २ हजार बढी कार्यकर्ताले पार्टी परित्यागको घोषण गरेका छन् । मंगलबार बुटवलमा एक पत्रकार सम्मेलन गरी रुपन्देही ब्यापार संघ,रुपन्देही उद्योग संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायत ३५ संस्थामा आवद्ध करिब दुई हजार तीन सय पार्टी सदस्यहरुले राजीनामा बुझाएका हुन् ।

सरकारले प्रदेशको अस्थायी राजधानी बुटवललाई सारेर दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएपछि रुपन्देहीका नेकपा र कांग्रेसका नेता कार्यकर्ता विरोधमा छन् ।

उनीहरुले निर्वाचनका बेला व्यवसायीको काँध चढेर चुनाव जितेका पार्टीका नेताहरूसँगै बस्नुको कुनै औचित्य नरहेको बताएका छन् । अस्थायी राजधानीका लागि आफ्ना कार्यालय भवनहरु दिएर योगदान गरे पनि सरकार र यस क्षेत्रका सांसदहरुले त्यसलाई नजर अन्दाज गरेको व्यवसायिक संघसंस्थाको गुनासो छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *