मुख्य समाचार

अर्थमा पौडेलको निश्चित, सञ्चारमा पाण्डे कि शर्मा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलको विस्तार गर्ने तयारी गरिरहेका बेला सञ्चारमन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने बारेमा अन्यौल बढेको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमन्त्रालयको दावी गरेपछि प्रधानमन्त्री ओली अन्यौलमा परेका हुन् । सुरेन्द्र पाण्डेलाई अर्थ नदिने र सञ्चारमा सुरेन्द्र पाण्डेलाई पठाउने तयारी गरेका बेला प्रचण्डले जनार्दन शर्मालाई सञ्चारमा प्रस्ताव गरेका थिए । तर ओलीले अर्थमा विष्णु पौडेल, सञ्चारमा पाण्डे र शर्मालाई शहरी विकास मन्त्रालयको प्रस्ताव गरेको स्रोतको दावी छ ।

प्रधानमन्त्री ओली र दाहालबीच सोमबार यसबारेमा छलफल भएपनि निष्कर्षमा पुगेको छैन । छलफलमा मन्त्रिपरिषद पुर्नगठनबारे छलफल भएको थियो । तर, दुवै नेताले आ आफ्नो अडान राखेपछि पुर्नगठनमा सहमति नभएपनि तत्काल रिक्त स्थानमा मन्त्री थप्ने विषयमा भने सहमति भएको छ । प्रधानमन्त्री ओलीले अर्थमन्त्रालय रिक्त हुंदा काम गर्न कठिनाई भएको भन्दै मन्त्रीपरिषद विस्तार गर्ने प्रस्ताव प्रचण्डलाई गरेका थिए । दुवै नेताहरुबीच भएको सहमतिअनुसार अर्थमन्त्रालयमा नेकपाका महासचिव विष्णु पौडेल पठाइनेछ ।

संचारमन्त्रालयमा स्थायी कमिटि सदस्य जनार्दन शर्मा पठाउने कि सुरेन्द्र पाण्डेलाई पठाउने भन्ने बारेमा अन्यौल रहेको छ । पाण्डले आफुले रोजेको मन्त्रालयमा मात्र जाने बताएका थिए । प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा,रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई निरन्तरता दिने अडान राखेपछि पुर्नगठनमा सहमति नजुटेको हो ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले सवै मन्त्रीहरुलाई फिर्ता बोलाएर आवश्यक परेको खण्डमा फेरी पठाउने प्रस्ताव गरेपनि तिन जना मन्त्रीको हकमा भने प्रधानमन्त्री ओली सहमती नवनेको स्रोतको दावी छ । प्रधानमन्त्री ओलीले अवको मन्त्रीमण्डल बनाउंदा पुर्व एमाले र माओवादी दुवैबाट आफुले मन्त्री छान्न पाउनुपर्ने बताएपछि त्यसमा प्रचण्ड सहमत भएका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *