मुख्य समाचार

नेकपाको सचिवालय बैठक वालुवाटारमा ४ बजे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अपरान्ह बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक अपरान्ह ४ बजे बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको भेटवार्तापछि आज सचिवालय बैठक बोलाउने निर्णय भएको थियो ।

नेकपाले शनिबारका लागि बोलाएको बैठक तयारी नपुगेको भन्दै आइतबारका लागि सारेको थियो । प्रधानमन्त्रीका सचिवालय सदस्यहरु सहित सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि आइतबारको सचिवालय बैठक पनि स्थगित भएको थियो ।

आजको बैठकमा राजदूत नियुक्ति, मन्त्रिमण्डल पुर्नगठन, दाङलाई प्रदेश ५ को राजधानी बनाउने सरकारको प्रस्ताव लगायतका विषयमा छलफल हुने जनाएको छ । सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि भदौ २६ गतेको स्थायी कमिटीको बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *