मुख्य समाचार

प्रदेश नं ५ का सभामुखद्वारा मर्यादा उल्लंघन, कांग्रेस सांसद आक्रोसित

काठमाडौं । स्थायी राजधानी र नामकरणका विषयमा प्रदेश नं ५ को प्रदेशसभामा छलफल चलिरहेको छ । प्रदेश राजधानी बुटवलबाट दाङ लैजाने विषयमा प्रदेशसभामा छलफल चलिरहेको छ । उक्त प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहमत हुन सकेको छैन । औचित्यहिन प्रस्ताव फिर्ता लिन कांग्रेसले माग गरेको छ ।

प्रस्तावको समर्थन गर्न नसकिने भन्दै कांग्रेस सांसदले होहल्ला र विरोध गरिरहेकै अवस्थामा सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएपछि कांग्रेस सांसद आक्रोशित आक्रोसित बने । संसदीय मर्यादाअनुसार नै कांग्रेस सांसदहरुले रोस्टम घेरे । तर सभामुख पूर्णबहादुर घर्तीले मर्यादा उल्लंघन गर्दै कांग्रेस सांसदप्रति तुच्छ वचन बोल्न थाले । त्यसपछि कांग्रेस सांसदको आक्रोसले सीमा नाघ्यो ।

सांसद उद्दिन खाँले र रमा अर्यालमाथि मर्यादापालकले धकेल्न थालेपछि बाध्य भए तोडफोडमा लाग्नु परेको थियो । उनीहरु सभामुखलाई घेरा गर्न रोष्ट्रममा आउन लाग्दा मर्यादापालकसँग घम्साघम्सी परेको थियो । त्यसपछि मुख्यमन्त्री शङ्कर पोखरेल बैठक छोडेर हिडेका थिए ।

अपराह्न १ बजे शुरु भएको बैठक २ बजे सरे पनि सहमति नभएपछि ३ बजे शुरु भएको थियो । सभामुख घर्तीले विरोधको भावनालाई अपमान गर्दै प्रदेशसभा सुचारु गरेका थिए । बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *