मुख्य समाचार

दाङ राजधानी प्रस्तावको विरोधमा सांसदको नाराबाजी, संसद बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावका विरूद्धमा नाराबाजी गरेपछि प्रदेशसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दललगायत अरू विपक्षी दलहरू रोस्ट्रम अघिल्तिर नै आएर नाराबाजी गरेपछि बैठक स्थगित भएको हो ।

प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै दाङ राजधानी बनाउने प्रस्तावको विपक्षमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडियाले सरकारले निरङ्कुशता लाद्‍न खोजेको बताएका थिए । उनले प्रदेशको राजधानी कुनै एक दलको ह्‌विपबाट नभई सर्वसम्मतिले गर्नुपर्ने बताएका थिए । अर्को बैठक आजै दिउँसो २ बजे बस्‍नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *