ताजा समाचार

कोरोना संक्रमण देखिएपछि सर्वोच्चमा एकल इजलास मात्र सञ्चालन

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजालास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए।

उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा रहनुे छन। सर्वोच्चमा एकल, संयुक्त र बृहत इजलास सञ्चालन हुँदै आएका थिए । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अर्का न्यायाधीश डा मनोजकुमार शर्मा मात्र आएका थिए । न्यायाधीश डा शर्माको एकल इजलास मात्र सञ्चालनमा छ ।

सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनवाइ हुने जानकारी दिए । सर्वोच्च अदालतले जारी गरेको सूचनामा अदालतका न्यायाधीश, केही अधिकृत र कर्मचारी सङ्क्रमित भएको र सङ्क्रमित सबै होम क्वारेन्टिन, आइसोलेसनमा रहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *