काठमाडौं । ५ नं. प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ भालुवाङलाई बनाउने निर्णय भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै नेकपा प्रदेश कमिटीलाई सोही अनुसार निर्देशन दिइएपछि प्रदेश ५ को मन्त्रिपरिषद् बैठकमा दाङको भालुवाङलाई राजधानी बनाउने विषयमा प्रदेश सरकारको मन्त्रिपरिषदबाट पारित गरिने बताइएको छ।
प्रदेश ५ को स्थायी राजधानी र नामाकरण बारे प्रस्ताव पेश शुक्रबार प्रदेशसभा पेश भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्र देउखुरीमा स्थायी राजधानी राख्न प्रस्ताव गरेका छन् । त्यस्तै प्रदेशको नाम लुम्बिनी राख्न उनले प्रस्ताव गरे ।




