बझाङ । बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका राजेन्द्र बोहोराले प्रहरीसमक्ष अपराध स्वीकार गरेका छन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय बझाङले नियन्त्रणमा लिएर राखेको छ । गत बुधबार साँझ गाईवस्तुलाई घाँस हाल्न गोठ हिँडेकी १२ वर्षीया बालिका सम्झना कार्मीको बलात्कारपछि आफैले हत्या गरेको उनले स्वीकार गरेका छन् ।
बझाङको मष्टा गाउँपालिका– १२ वर्षीया बालिका सम्झना कामीको बोहोराले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका हुन् । अहिले प्रहरी हिरासतमा रहेका १८ वर्षीय बोहराले हत्या र बलात्कारको आरोप स्वीकार गरेका हुन् । मृतकका आफन्तले घटनामा सग्लनलाई हदैसम्मको कारवाहीको माग गरेका छन ।
बालिकाको बलात्कारपछि हत्यामा सग्लन आरोपी अन्य अपराधिक घटनामा पनि सग्लन भएको देखिएको छ । राजेन्द्रले साउन २९ गते घट्ट गएको बेला गाउँकै अर्की एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै सोमबार बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा बलात्कार सम्बन्धि मुद्दा दर्ता भएको छ ।
बालिकाको हत्या भएको शिब मन्दिर नजिकै डेढ वर्ष अगाडी एक बालक मृत भेटिएका थिए । स्थानीयले अहिले सो घटनामा पनि राजेन्द्रलाई नै शंकाको घेरामा राखेका छन ।




