काठमाडौं । नेपाली कांगे्रसका महामन्त्री डा. शशांक कोइराला कोरानामुक्त भएका छन् । दोस्रो पटक उनको स्वाब परीक्षण नेगेटिभ आएको छ । संक्रमण दिएको महामन्त्री डा. कोइराला केही दिन घरमै आइसोलेसनमा बसेका थिए । होम आइसोलेसनमा बसेको केही दिनपछि श्वास प्रश्वासमा समस्या देखिएपछि उनी ओम अस्पताल भर्ना भएका थिए । ओम अस्पतालबाट उनी गत शनिबार अर्थात् असोज ३ गते डिस्चार्ज भएका थिए ।
सामाजिक सञ्जालमार्फत् आफू कोरोनामुक्त भएको खबर महामन्त्री डा. कोइरालाले सार्वजनिक गरेका हुन् । उनले फेसबुक स्टाटसमा भनेका छन्, मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, पार्टीका साथीहरू,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न चिकित्सक टिमलाई पुनः हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु । स्वाव परिक्षणमा मेरो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ ।
चिकित्सकको सल्लाह वमोजिम अव केहि दिन होम आइसोलेशन मै रहने र त्यस पस्चात पार्टीको नियमित काममा फर्कने छु ।
धन्यवाद





