मुख्य समाचार

कांग्रेस सभापति देउवासहित परिवारमा कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित उनको परिवारका सबै सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । घरमा काम गर्ने एकजना सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि देउवाको परिवार कन्ट्याक्ट ट्रेसिङमा परेको थियो ।

बिहीबार स्वाब संकलन गरी पीसिआर परीक्षण गर्दा आज शुक्रबार बिहान सभापति देउवा, देउवा पत्नी डा. आरजु र छोरासहित परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ।

दुईजना सहयोगीलाई ज्वरो देखिएपछि केही दिन अगाडि पीसीआर परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिएको थियो । परिवारका सबै सदस्य स्वास्थ्य मापदण्ड अपनाएर होम आइसोलेसनमा बसेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *