देश

सचिवालयका एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि सभापति देउवा होम आइसोलेसनमा

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा होम आइसोेलेसनमा बसेका छन । निजि सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभापति देउवा होम आइसोलेसनमा बसेका हुन ।
संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका चर जना कर्मचारीको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सभापति देउवाको शुक्रबार स्वाव परिक्षण गरिने तयारी रहेको सचिवालयले जानकारी दिएको छ ।
बिहिबारका लागि तय भएको सत्तारुढ दल र प्रतिपक्षी दल नेपाली कांग्रेसबीचको छलफल समेत स्थिगित भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *