ताजा समाचार

कोरोनाको कहरमा निजामति कर्मचारीलाई चुनावको चटारो

 काठमाडौं । कोरोना संक्रमणको दर बढिरहेका बेला निजामती कर्मचारीहरूलाई चुनाव गर्ने चटारो परेको छ । यही असोज २४ गते कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको चुनाव गर्न सरकारले अनुमति दिएसँगै कर्मचारीलाई चुनावी चटारो आइलागेको हो ।

ट्रेड युनियनको चुनाव गर्न सरकारले कला निधि पौडेललाई प्रमुख निर्वाचन अधिकृत ताकेको छ । पौडेलले मंगलबार विज्ञप्ति जारी आधिकारिक ट्रेड युनियनको चुनावको लागि आचारसंहिता जारी गसिकेका छन । प्रमुख निर्वाचनत अधिकृतको कार्यालयले असोज १ गतेबाट लागू हुने गरी आचार संहिता जारी गरेको हो । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिष्को कार्यालय, सबै मन्त्रालयहरू, सर्वोच्च अदालत, महान्यायाधिवक्ता कार्यालय, तथा महालेखा नियन्त्रकको कार्यालयलाई चिठी लेखी असोज १ गतेदेखि लागू हुनेगरी निजामती कर्मचारीहरूको सरुवा, बढुवा लगायतका कार्य गर्न र नगराउन निर्देशन गरेको छ । सरुवा गरिएका कर्मचारीको हकमा रमाना नगर्न र नगराउन समेत निर्देशन गरिएको छ। सरकारले प्रमुख निर्वाचन अधिकृतको कार्यालय पनि खोलेको छ । तर असोज २४ मा कर्मचारीहरूको चुनाव हुनेमा कर्मचारीहरू नै विश्वस्त छैनन् ।

नेपाल निजामती कर्मचारी युनियन (संघ)का उपाध्यक्ष उत्तम कटुवालले कोरोनाको महामारीको बेला चुनाव हुनेमा शंका व्यक्त गरिरहेका छन् । असोज २४ गते चुनाव गर्न प्राविधिक अन्यौल पनि उत्तिकै छ । चुनावमा मतदाता कसरकसलाई मान्ने भन्नेमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय अझै टुंगोमा पुगेको छैन । स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई कुन ठाउँको मतदाता मान्ने भन्नेमा अन्यौल छ ।

प्रमुख प्रशासकीय अधिृकत संघको मातहतमा रहने कानुनी व्यवस्था छ । गत साल लोकसेवा आयोगको परीक्षा पास भई सिफारिश गरिएका करिब १० हजार कर्मचारीलाई मतदात मान्ने कि नमान्ने भन्नेमा अन्यौल कायमै छ । तर प्रमुख निर्वाचन अधिकृतको कार्यालयले भने मतदाताको टुंगो नलगाई निर्वाचन आचारसंहित जारी गरेको छ । हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९ अनुसार सरकारले आधिकारिक ट्रेड युनियनको चुनाव गर्न लागेको हो । निजामती सेवा ऐनलाई विस्थापिन गर्न ल्याउन लागिएको संघीय निजामती सेवा ऐन लागू भएमा आधिकारिक ट्रेड युनियन रहनेरनरहेनमा अनिश्चित छ । यसअघि २०७३ जेठमा आधिकारिक ट्रेड युनियको चुनाव गरिएको थियो

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *