मुख्य समाचार

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्र बनाएर ६.० रेक्टर स्केलको भुकम्प

काठमाडौं। बुधबार विहान सिन्धुपाल्चोक केन्द्र बनाएर ६.० रेक्टर स्केलको भुकम्प गएको छ । विहान ५ः १९ मा सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्र बनाएर ६.० रेक्टर स्केलको भुकम्प गएको हो ।
राष्ट्रिय भुकम्प मापन केन्द्रले राम्चे आसपास केन्द्र बनाएर भुकम्प गएको पुष्टि गरेको छ । भुकम्पको क्षतिको विवरण भने आउन बाँकी छ ।


विहानै ठूलो भूकम्पको गएपछि काठमाडौं उपत्यका र त्यस आसपासका क्षेत्रमा त्राश फैलिएको थियो । मानिसहरु घर बाहिर निस्किएका थिए ।
देशको अधिकांश भूभागमा भुकम्पको झड्का महसुस गरिएको छ ।

विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ । नयाँ भूकम्प नभई गोरखा केन्द्र भएर २०७२ साल वैषाख १२ गते गएकाे  भूकम्पको परकम्प भएको केन्द्रले जनाएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *