मुख्य समाचार

२५ जना उपसचिवको कहाँ–कहाँ भयो सरुवा (विवरणसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवको सरुवा गरेको छ। संघीय मन्त्रालय वा तिनका निकायमा कार्यरत २५ जना उपसचिवको नगरपालिका, जिल्ला समन्वय समिति र प्रदेशमा सरुवा भएको छ।

संघीय मामिला सचिवस्तरीय निर्णयबाट सरुवामा २१ जना उपसचिव नगरपालिकामा खटिएका छन्। उनीहरू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्नेछन्।

स्थानीय तह २ सयभन्दा बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेपछि मन्त्रालयले कर्मचारी खटाउन थालेको हो। गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *