काठमाडौं । सोमबार ९७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३३८ महिला र ६४१ पुरुष छन । नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।
आज काठमाडौंमा २९३, भक्तपुरमा १३ र ललितपुरमा २० जना संक्रमित थपिएका छन । आइसीयुमा १७१ र भन्टिलेटरमा २० जना संक्रमित उपचाररत छन ।
ताप्लेजुङ, मुस्ताङ, रोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना मुक्त जिल्ला बनेका छन ।
गत २४ घण्टामा ७ पुरुष र ४ महिला गरी ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज काठमाडौंमा तीन जना महिला र कास्कीमा एक जना महिलाको मृत्यु भएको छ । यसै गरी मोरङ, सर्लाही, दोलखा, मकवानपुर,बाँकेमा एक एक जाना र सिरहामा दुई जना पुरुषको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ ।




