देश

दुई अध्यक्ष भेटघाट : २६ गते स्थायी कमटी बैठक बस्ने तयारी

काठमाडौं। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। दुई अध्यक्षबीच विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो। दुई अध्यक्षबीच २६ गते शुक्रबार स्थायी कमटी बोलाउने सहमति भएको छ।

अध्यक्षद्वयबीच कार्यदलले तयार पारेको प्रतिवेदन, मन्त्रिपरिषद पुनर्गठन तथा उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रियसभामा मनोनित गर्नेलगायतका विषयमा छलफल भएको छ। अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएपछि नेकपाभित्र अर्थमन्त्री को बन्ने भन्ने विषयले प्रमुखता पाएको छ। साथै कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा खाका बनाएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने बताइएको छ।

संभवतः २६ गते बस्ने स्थायी कमटी पछि अर्को हप्ता प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *