काठमाडौं। २४ घण्टामा देशभार ९८० जना संक्रमित थपिएका छन । जसमध्ये २९० महिला र ६९० पुरुष छन ।
आइतबार उपत्यकमा ३५४ जनमा कोरोना पुष्टि भएको छ । कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
आज काठमाडौंमा २९० भक्तपुरमा ३२ र ललितपुरमा ३२ गरी ३५४ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जोगेश्वर गौतमले नियमित प्रेश ब्रिफिङका क्रममा जानकारी दिए ।
१० हजार ३ सय ८२ जनाको पीसीआर परिक्षण गर्दा ९८० जनामा कोरोना पुष्टि भएको हो । योसंगै सक्रिय संक्रमितको संख्या १७ हजार २७ पुगेको छ । जसमध्ये ९ हजार २ सय १ जना संस्थागत अइशोलेशनमा र ७ हजार ८ सय २६ जना होमा आइशोलेसनमा छन । नेपालमा पीसीआर विधिबाट हालसम्म ७ लाख ६८ हजार ३४ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
आइतबार १७ सय १४ संक्रमित निको भएर डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ । निको हुनेको दर ६३ प्रतिशत रहेको छ ।
आइसीयुमा १७४ जना र भेन्टिलेटरमा २७ जना संक्रमित उपचाररत छन ।
आज ९ जना संक्रमितको निधन भएको छ । मृतककाे संख्या २८९ पुगेकाे छ ।




