मुख्य समाचार

मन्त्रिपरिषद्को बैठक सम्पन्न, अर्थमन्त्रीको राजीनामा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज साँझसम्म राजीनामा दिने हुनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्री खतिवडालाई राजीनामा दिन सुझाइएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वासन दिएको बुझियो ।

यस्तै बैठकमा अर्थमन्त्रीको राजीनामाको विषयमा छलफल भएको र अर्थमन्त्री अब राष्ट्रियसभा सदस्य नरहने भएपछि उनलाई राजीनामा दिन सुझाइएको छ । एक मन्त्रीका अनुसार खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिए बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *