काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुर्नगठन गर्ने हल्ला चलिरहेको छ । मन्त्रिपरिषद पुर्नगठनको हल्लासँगै केही सांसदहरु मन्त्री पद पाउनका लागि ओली निकटका नेताहरुको सम्पर्कमा पुगिसकेका छन् । सुवास नेम्वाङको सम्पर्कमा रहेकाहरुनै मन्त्री पदको पहिलो दावेदार हुने नेकपा वृत्तमा चर्चा छ । तर प्रधानमन्त्री ओलीले यो विषयमा अहिलेसम्म केही बताएका छैनन ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार पहिलो, पूरानै टिमलाई लिएर खाली रहेका सञ्चार, सहरी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्ने, दुई ओटा मन्त्रालय फुटाएर थप दुई मन्त्री पनि थप गर्ने र आवश्यक परे अहिले रहेका र थपिने चार मन्त्रीको कार्यक्षेत्र अर्थात जिम्मेवारी चही हेरफेर गर्ने सोचमा रहेका छन् । ‘उहाँ यो विकल्पमा पनि छलफलमा हुनुहन्छ , उहाँले त्यही भएर अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नै दोहोराउन चाहनु भएको छ । राष्ट्रिय सभामा खतिवडालाई नै दोहोराएर लैजाने र मन्त्रीहरुलाई यथावत बनाएर लैजाने । यो विकल्पमा पार्टीभित्रै सहमति बन्ने सम्भावना कमै छ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
वालुवाटार निकट अर्को स्रोतका अनुसार आंशिक हेरफेर गर्ने, रिक्त रहेका मन्त्रालय र केही आंशिक काम देखाउन नसकेका मन्त्रीलाई हटाएर नयाँ केही नेताहरुलाई लिएर क्याबिनेट आंशिक परिवर्तन गर्ने,त्यसो गर्दा अहिले कायम रहेका मन्त्रीमण्डलबाट ८ देखि ११ जना मन्त्रीहरुलाई झिकेर त्यसमा नयाँ नेताहरुलाई जिम्मेवारीमा लैजाने गरी यो विकल्पमा पनि प्रधानमन्त्री ओलीले आन्तरिक परामर्श गरिरहेका छन् । त्यस्तै अहिलेको पूरै टिम फेर्ने र नयाँ टिमलाई लिएर काम गर्ने । ओलीले आफनो क्याबिनेटमा आफु वाहेकका सवै पूराना र अहिले काम गरिरहेका मन्त्री, राज्यमन्त्रीलाई बिदाई गर्ने । नयाँ नेताहरुको पूरै टिम लिएर सरकार गठन गर्ने । नयाँ टिम लिएर आगामी दुई वर्षमा कामलाई प्रभावकारी र गतिशिलतामा काम गर्न सकिन्छ की भन्ने सोचमा पनि प्रधानमन्त्री ओली देखिएका छन् । ‘उहाँ तीन विकल्पमा छलफलमा हुनुहुनछ, अर्का अध्यक्ष प्रचण्डसँग यस बारेमा अनौपचारिक छलफल गरिरहनुभएको छ, अब सचिवालयका अन्य सदस्यहरुसँग पनि छलफल गर्ने सोचमा हुनुहुन्छ, प्रधानमन्त्री निकट ति नेताले भने, अव केही दिनभित्रै नीतिगत रुपमा कसरी क्याबिनेट पूर्नगठन गर्ने भन्ने एउटा टुंगोमा उहाँ (प्रधानमन्त्री) पुग्नुहुन्छ, त्यसपछि मात्र कुन मन्त्रालयमा कसलाई जिम्मेवारी दिने भन्नेमा प्रधानमन्त्रीले छनौट गर्ने तरिका अवलम्वन गर्नुहुन्छ’, वालुवाटार निकट स्रोतको दावी छ ।
ओलीले अहिले छलफल गरिरहेका तीन विकल्प मध्ये पूरै टिम फेर्ने भन्दा पनि बढीमा ११ जना सम्म मन्त्रीलाई अहिलेको क्याबिनेटबाट झिक्ने र त्यसमा नयाँ मन्त्री पठाउने, २ रिक्त सहित थप दुई मन्त्रालय टुक्राएर अर्का ४ गरी १५ जना सम्म नयाँ मन्त्री लिएर क्याबिनेट रिफर्म गर्ने गरी अगाडी जान खोजेका पनि छन् । प्रधानमन्त्री ओलीले यसका लागि आफू निकटका नेताहरुलाई मन्त्री छान्ने र उनीहरुको बारेमा व्रिफङ गर्न लगाउने तयारी समेत गरेको स्रोतको दावी छ । यदि मन्त्रिपरिषद पुर्नगठन गर्नुपरेका ११ देखि १५ जनासम्मलाई नयाँ अनुहारको रुपमा चयन गर्न सक्ने संभावना समेत रहको जानकारहरु बताउछन् ।




