काठमाडौं । अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका हुन्। टुइटरमा भनेका छन्, ‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो, मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।’ चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाएका छन्।





