मुख्य समाचार

८ सय ५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३३ हजार ५३३ पुग्यो

काठमाडौं। २४ घण्टामा ८ सय ५५ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये ५ सय ८४ जना पुरुष र २ सय ७१ जना महिला छन । नेपालमा संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
२४ घण्टामा ३ सय १३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । हलासम्म कोरोनालाई जितेर हालसम्म १९ हजार १ सय १९ जना डिस्चार्ज भएका छन । निको हुने संक्रमितको दर ५७ प्रतिशत छ ।
सक्रिय संक्रमित १४ हजार २ सय ५० रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिए । जसमध्ये ८ हजार ५ सय ८१ जना संस्थात आइशोलेशन र ५ हजार ६ सय ५९ जना संक्रमित होम आइशोलेशनमा छन । क्वारेन्टाइनमा १० हजार ४ सय ५३ जना छन ।
११ हजार २ सय २७ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ८५५ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा ६ लाख २१ हजार ९ सय १ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उपत्यकामा २३२ जना संक्रमित थपिएका छन । मृतकको संख्या १६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *