मुख्य समाचार

सिन्धुपाल्चोक पहिरो: चारको मृत्यु, ३४ बेपत्ता, पाँच जनाको अवस्था गम्भीर

काठमाडौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको भीषण पहिरोमा परी चार जनाको मृत्यु भएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ वटा घर बगाउँदा ३८ जना बेपत्ता भएका थिए । तिमध्ये चार जनाको शव फेला परेको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको छ ।

पहिरोमा परेका १५ जनाको उद्दार गरिएको छ । तिमध्ये गम्भीर घाइते पाँच जनालाई उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत जिल्ला अस्पताल चौतारा लगिएको छ । पहिरोबाट ३० घर प्रभावित भएको छ । ति मध्ये १३ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

बस्ती माथिबाट आएको पहिरोले घरहरु पुरेको हो । पहिरो खस्ने क्रम जारी रहेको र जमिन पनि भासिएकाले उद्दारमा कठिनाई भएको बताइएको छ । पहिरोले घरहरु बगाएर बलेफि खोलासम्म ल्याएको स्थानीयले बताएका छन
यसैबीच, सभामुख एवम् सो क्षेत्रका सांसद अग्निप्रसाद सापकोटा हेलिकोप्टर लिएर घटनास्थल पुगेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *