मुख्य समाचार

आज ३ सय ११ कोरोना संक्रमित थपिए, प्रहरी प्रधान कार्यालयका २३ जनामा पुष्टि

काठमाडौं । आज नेपालमा ३ सय ११ जनामा कोरोना संक्रमण थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालयमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारीमा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा लगिएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा आइतबार संक्रमण पुष्टि भएको थियो। परीक्षणका क्रममा थप २३ जनामा संक्रमण देखिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *