मुख्य समाचार

दाङका क्रसर उद्योग बन्द गर्न प्रदेश-५ डिआइजीलाई केन्द्रको निर्दैशन

काठमाडौं । दाङमा अवैद्य क्रसर सञ्चालन गर्न दिएको भन्दै प्रहरी प्रधानकार्यालयले जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गणेश चन्दमाथि छानवीन गर्न प्रहरी प्रधानकार्यालयले निर्दैशन दिएको छ । प्रदेश ५ का डिआइजी रबिन्द्र धानुकलाई दाङका अबैध क्रशरमाथी एक्सन बढाइ कारबाही गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई एसपीमाथि छानवीन गर्न निर्दैशन दिएको हो ।

गैरकानुनी कार्य नियन्त्रण गर्न दाङका प्रहरी प्रमुख गणेश चन्दलाई कडा लिखितरुपमै निर्देशन दिइसकेका र उनीमाथि टानवीन गर्र्ने तयारी भैरहेको प्रदेश ५ प्रहरी कार्यालय स्रोतले जनाएको छ । प्रहरी प्रधानकार्यालयको निर्दैशनपछि अबैध क्रशर बारे डिआइजी तहबाटै चासो ब्यक्त गरेको पहिलो घटना हो । डिआइजी धानुकले आफै प्रदेश प्रहरी कार्यालयको तर्फबाट लिखितरुपमै अबैध क्रसर बारे तत्काल अनुसन्धान गर्न निर्देशन दिएका हुन ।

प्रदेस प्रहरी कार्यालयको निर्देशनपछि एसपी चन्दले जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काको नेतृत्वमा अबैध क्रशरमाथि अनुसन्धान गर्न समिती बनाएपनि त्यो प्रभावकारी बन्न सकेको छैन । डिएसपि खड्काले अबैध क्रसर बारे अनुसन्धान गर्न प्रदेश ५ को प्रदेश प्रहरी कार्यालयबाट लिखितरुपमा पत्र आएको र अहिले सो बारे अनुसन्धान सुरु भइसकेको जानकारी दिए । प्रहरी अनुसन्धानले गलत देखिने र कानुन बिपरित काम भएको अबस्थामा कानुन बमोजिम कारबाही हुने खड्काले बताए ।

उनले क्रसर बारे जिल्ला समन्वय समिती र घरेलुलाई धेरै कुरा थाहा हुने भएकाले जिप्रका दाङद्वारा जिल्ला समन्वय समिती दाङ र घरेलुलाई अबैध क्रशर बारे बुझ्न पत्र काटिसकेको र त्यहाबाट बुझ्ने काम भइरहेको बताए । स्थानीय तह र समन्वय समितिले प्रहरीको सहयोग चाहेमा सहयोग गर्न तयार रहेको भन्दै खड्काले अबैध क्रशरमा प्रहरीको भुमिका खासै नहुने समेत बताए । जिल्ला प्रहरी प्रमुख गणेश चन्दले अबैध क्रसरलाई आफुले संरक्षण नगरेको भन्दै जिल्ला प्रशासन र जिल्ला समन्वय समितिले अबैध क्रसर बारे निर्णय गरे आफै गएर ताला ठोक्ने बताएपनि उनको नियतमाथि शंका रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिती दाङका उपप्रमुख श्रिधर पौडेलले दाङका कतिपय अबैध क्रसरहरु रहेको र पछिल्लो पटक नदीजन्य उत्खनन् पदार्थको बारेमा नया ऐन नियम आएको भन्दै प्रदेशको ऐन अनुसार दाङमा अबैध क्रसरहरु थुप्रै रहेको बताए । उनले जिप्रका दाङबाट अबैध क्रसर बारे बुझ्न पत्र आएको भन्दै अबैध क्रसरलाई कारबाही गर्न जिल्ला समन्वय समिती तयार रहेको बताए । दाङमा ३५ वटा अबैध क्रसरहरु रहेका छन ।

घरेलुबाट बालुवा प्रसोधनको अनुमती लिएर क्रसिङ काम गर्ने दाङमा थुप्रै अबैध क्रसर छन । अबैध क्रसर लगानीमा पुर्ब मन्त्री, जनप्रतिनिधि र स्थानीय नेताहरुको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र एसपी ओम राना र बाकेको जिल्ला समन्वय समितिको सकृयता र निर्देशनमा २४ वटा अबैध क्रसर बाकेमा बन्द छन ।

छिमेकी जिल्ला बाकेमा अबैध क्रसर सिडिओ, एसपी र जिल्ला समन्वय समिती प्रमुख मिलेर बन्द गरेकाले दाङमा अबैध क्रसर बन्द गर्न अहिले चौतर्फि दबाब परेको छ । अबैध क्रसर बन्द गर्न दाङको सिडिओ र एसपी माथी दबाब बढेको छ । अबैध क्रसरलाई स्थानिय प्रहरी प्रसासनले संरक्षण गरेको स्थानीय नागरिक र सरोकारवालाले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *