ताजा समाचार

बाढीमा बेपत्ता हुने २० जनाको पहिचान खुल्यो, बाबु छोरीको शव भेटियो

 

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बुस्थित याल्मो खोलामा आएको बाढीबाट बेपत्ता हुनेहरुको पहिचान खुलेको छ । बाढीले ११ घर बगाएको छ । बेपत्ता भएकामध्ये बाह्रबिसे ५ का २० वर्षीय निकेश बस्नेत र उनकी डेढ वर्षीया छोरी निउनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जनका अनुसार बेपत्ता हुनेमा बाह्रबिसे ५ का भीमबहादुर वाइवा, चीनमाया वाइवा, लीलामाया वाइवा, पासाङ डोल्मा वाइवा, निमाडोल्मा वाइवा, लक्ष्मण वाइवा, सुनमाला वाइवा, जनकबहादुर थिङ, सबिना तामाङ, आकास तामाङ, मध्यभोटेकोसी आयोजनाका सुरक्षागार्ड हिमेश शर्मा, जापानी सहयोग नियोग (जाइका)का इन्जिनियर आकास केसी, बाह्रबिसेका तोकबहादुर तामाङ, सलिनी तामाङ, सुवेश तामाङ र युक्तबहादुर तामाङ छन्।

बाढीबाट बाह्रबिसे ५ का माधव बस्नेत, भोटेकोसी ५ मार्मिङका मिङमार तामाङ, सुवेश तामाङ, सविता बस्नेत तामाङ घाइते भएका छन् । यस्तै भोटेकोसी गाउँपालिका ५ बुलकुटे झ्यालेस्थित बुलकुटे खोलाको बाढीले स्थानीय निमादोर्जे तामाङ, मन्जु तामाङ, पासाङ नर्वु तामाङ र साहिल तामाङ बेपत्ता भएका छन्। बाढीबाट फुर्वा तामाङ र उनकी छोरी घाइते छन्। बाह्रबिसेमा लक्ष्मण वाइबा, भीमबहादुर वाइबा, जनकबहादुर थिङ, आकाश केसी, तोकबहादुर तामाङ, प्रेमदास श्रेष्ठ, गोपाल बस्नेत, देवी तामाङ, सुवास राउत, कृष्णबहादुर रुम्बा, नितेश बस्नेत र खिलबहादुर अधिकारीको घरमा क्षति पुगेको छ ।

जम्बुबाट बेपत्ता हुनेहरु

१) भीमबहादुर वाईवा
२) चीनमाया वाइवा
३) लीलामाया वाईवा
४) पासाङ डोल्मा वाइवा
५) निमाडोल्मा वाईवा
६) लक्ष्मण वाईवा
७) सुनमाला वाईवा
८) जनकबहादुर थिङ
९) सबिना तामाङ
१०) आकास तामाङ
११) हिमेश शर्मा
१२) आकास केसी
१३) तोकबहादुर तामाङ
१४) सलिनी तामाङ
१५) सुबेश तामाङ
१६) युक्तबहादुर तामाङ

बुलकुटे खोलाको बाढीबाट बेपत्ता हुनेहरु

१७) निमा दोर्जे तामाङ
१८) मन्जु तामाङ
१९) पासाङ नर्वु तामाङ
२०) साहिल तामाङ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *