ताजा समाचार

भारतबाट आएका ३९ नेपाली बोकेको टिपर कर्णालीमा खस्यो, कम्तीमा २ जनाकाे मृत्यु

काठमाडौं । भारतबाट आएका नागरिक बोकेको क्वारेन्टनि मा राख्न लगिँदै गरेको टिपर कर्णालीमा खसेको छ । टिपर कर्णाली करिडोर अन्तरगत कालिकोटको नरहरिनाथ गाउँपालिका–१को लालीघाट नजिकैबाट कर्णाली नदीमा खसेको हाे।

बुधबार विहान १०ः२० मा कर्णालीमा खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । २ जनाको शव फेला परेको र चार जन घाइतेको उद्धार गरिएको प्रहरी जनाएको छ ।

जितेगडाबाट राष्टकोट नगरपालिकाका ३९ जनालाई बोकेर टिप्पर गएको थियो । थप विवरण आउन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *