ताजा समाचार

काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण

काठमाडौं । काठमाडौं मेडिकल कलेजका ४ स्वास्थ्य कर्मीमा कोरोना संक्रमण देखिएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफ्रिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।

संक्रमितहरूमा तीन जना महिला र एकजना पुरुष छन्। एकैपटक एउटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीमा यति धेरै जनामा कोरोना देखिएको पहिलो पटक हो ।

महिलाहरू २४ देखि ३२ वर्ष उमेर समूहका छन् भने एक जना २८ वर्षका पुरूष हुन्। संक्रमित कुन तहको स्वास्थ्यकर्मी भन्ने खुलाइएको छैन ।
त्यस्तै भक्तपुरकि एक महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घन्टामा देशभर २ सय ८८ जनामा कोरोना देखिएको छ। भने संक्रमित २ हजार ९९ जना पुगेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *