ताजा समाचार

जनताका अपेक्षा एकातर्फ प्रधानमन्त्रीकाे सम्वाेधन अर्काेतर्फ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वोधनमा केही नयाँ कुरा आउला भन्ने अपेक्षा आम देशवासीको थियो । प्रधानमन्त्री ओलीले सम्वोधनका क्रममा बासी कुरा पस्केका छन । र, उनले महामारी नियन्त्रणमा सरकार सफल भएको भन्दै आत्मप्रशंसा गरेका छन । दुई महिनाको शिशुदेखि ८१ वर्षको वृद्ध कोरानाबाट निको हुनुलाई प्रधानमन्त्रीले प्रमुख उपलब्धि मानेका छन । दक्षिण एशिया मै कोरोना नियन्त्रणमा सफल भएको दावी गरेका छन । उनले कोरानाले नेपालमा पारेको र पार्नसक्ने दूरगामी असर र त्यसको निराकरणको अनुमान समेत गरेका छैनन । जनतालई राहत, सहास र सान्तोना समेत नदिएका प्रधानमन्त्रीको दावीलाई जनताले पत्याउने अवस्था भने देखिदैन ।
लकडाउनलाई निरन्तरता दिएको सरकारले कोरोना नियन्त्रणमा चालेको कदम प्रयाप्त छैन । न सरकारले प्रयाप्त परिक्षण गर्न सकेको छ न त आइसोलेशन र उपचारको राम्रो प्रवन्ध नै मिलाउन सकेको छ । अप्रयाप्त र अव्यवस्थित क्वारेनटाइनले सरकारलाई गिज्याइ रहेको छ । स्वास्थ्यकर्मी,सुरक्षकर्मीलाई पीपीइ लागायतका सुरक्षा सामाग्री नै उपलब्ध गराएको छ ।
रोग र भोकबाट जनतालाई मर्न नदिने उद्घोष प्रधानमन्त्रीले गरे पनि जनताले त्यसकै कारण जीवन गुमाई रहेका छन । विदेशमा हजारौ नेपाली विचल्नीमा परेका छन । उनीहरुको समस्या हल गर्न सरकारले प्रभावकारी कदम चालेका छैन ।
दुई महिना भन्दा बढी लकडाउन बेहोरेका जनतालाई राहत दिने कुरामा सरकार त सरका चुइक्कसम्म बोलेको छैन । लकडाउनको नियम पालना गरेर बसेका नगरिकको आधारभूत आवस्यकता राज्यले पुरा गर्नुपर्छ भन्ने सामान्य चेत समेत राखेको छैन । नागरिकलाई आधारभूत आवस्यकता परिपूर्ति गर्न घरबाट ननिस्कदा पनि पुग्ने वातावरण बनाउन यस अविधिमा सरकाले के कस्ता काम गर्यो । त्यो त न संसदमा प्रधानमन्त्रीले बोले न सम्वोधनकै क्रममा बोले । राहत, उदर, कोरोना नियन्त्रण, उपचार र व्यवस्थापनमा चुरकेको सरकारको फूर्ति भने कम छैन ।
कोरोना नियन्त्रणमा नराम्रोसंग चुकेका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल न सुध्रिएका छन न जिम्मेवारीबाट पन्छिएका छन । यथास्थितिमै अघिबढ्नेहो भने झन असहज परिस्थिति नेपालमा आउन सक्नेमा स्वास्थ्यमन्त्री संवेदनशील भएका छैनन । जिम्मेवारीको बहन सही रुपमा नगर्दा सिर्जना भएको दुस्परिणामबाट उनले पाठ सिक्नु जरुरी छ ।

खान नपाएर हजारौकौ किलोमिटरसम्मको पैदल यात्रा खालिखुट्टा बालखा छोराछोरी र बृद्धवृद्धा र सुत्केरी विभिन्न प्रशासनिक अवरोधका बावजुत हिडेको दृष्याले सरकालाई छुन सकेन । सीमा नाकामा अलपत्र नेपालीको पीडाले छोएन । उपचार नपाएर क्वारेन्टाइनमा मृत्यूवरण गरेको खवरले सरकाकारको हृदयमा छोएन ।
सीमामा अलपत्र परेका नेपालीलाई समयमा परिक्षण गरेर स्वादेश प्रवेश गराएर व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्न सकेको भए नेपालमा संक्रमण जोखिम यतिबेल टरिसकेको हुने थियो ।

सरकारबाट सर्वसाधारणदेखि व्यवसायीसम्मेल महामारीको घडीमा साहरा खोजिरहेका छन । तर सरकारले त्यसतर्फ गम्भीरता देखाएको छैन । नागरिक र प्रतिपक्षी राजनीतिक दलसमेतको साथ पाएको सरकारलाई कोरोना महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न कसले छेक्यो ? यस्तो विषम परिस्थितिमा बाटोविराएर आत्मस्थुति गाएर बस्नु कति सोभनीय हुन्छ ? सरकारले उद्योग,शैक्षिक,कृषि,पर्यटनलगायतका क्षेत्रमा संक्रमणको गाम्भीर्यता हेरेर रणनीति बनाउन नसकन्दा अर्थतन्त्र झनै ओरालो लागेको छ ।
सरकारका सामु समस्या मात्र आएका थिएनन । सरकारलाई ठूलो अवसर पनि थियो । घरेलु उद्योग र निजि क्षेत्रबाट सञ्चालित उद्योगहरुलाई कोरोना नियन्त्रणका अत्यवस्यक सामाग्री निर्माण गर्न तर्फ केन्द्रीत गराएको भए नेपालमा करोडौका अत्यवस्यक सामाग्री आयत गर्नु पर्ने थिएन । कोरोना संक्रमणबाट नागरिकालाई जोगाउन सरकारले लकडाउनको अवधिमा अत्यवस्यक सुरक्षा सामाग्री उत्पादन गर्न सकेको भए यतिबेला मुलुक सामन्य अवस्थामा फर्किसकेको हुने थियो । हरेक क्षेत्रमा काम गर्ने मानिसलाई अत्यावस्यक सामाग्री र आवस्यक सुरक्षा अपनाएर रोजागरीमा फर्काउन सकिने थियो । मुलुक अत्मनिर्भरको दीशमा अघि बढिसकेको हुने थियो ।
प्रधानमन्त्रीको सम्वोधनमा जनताले स्वास्थ्य रहेन टिप्स खोजेका थिएनन् । सरकारको दम्भ र अहंकारयुक्त अभिव्यक्ति चाहेका थिएनन् । नियोजित रुपमा नै सरकार वरालिदा मुलुकमा झन असहज परिस्थिति निर्माण हुदै गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *