ताजा समाचार

चन्द समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ   

काठमाडाै‌ं।नेत्रविक्रम चन्द समूहका रौतहट जिल्ला इन्चार्जसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठेगाना यकिन नभएका जिल्ला इन्चार्ज सङ्केत भनिने कुमार राई र जिल्ला सदस्य जगत् गुरुङ रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

पक्राउ परेका राई र गुरुङको साथबाट एक थान कटुवा पेस्तोल तथा एउटा हाते ग्रिनेड बरामद गरिएको छ । पक्राउ परेका राई र गुरुङमाथि आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । सुराकीले दिएको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई मकवानपुर तथा रौतहटको सीमा जङ्गलबाट आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *