काठमाण्डाैं।कलाकार समेत रहेका कुनै बेलाका हालका गृहमन्त्री रामवहादुर थापा बादलका सहयात्री माइला लामा पक्राउकाे लामाे समय पछि आज छुटने भएका छन।
उनले प्रहरीले पक्राउ गरेकाे थियाे। विप्लव नेतृत्वकाे नेकपामा लागेका लामासंगै नवीन विश्वकर्मा र धिरिन्द्रा उपाध्याय लगायतका नेताहरू ललितपुर जिल्ला अदालत मार्फत रिहा हुदैछन।आस्थाकाे आधारमा पक्राउ गरिएकाे भन्दै उनीहरूकाे रिहाइकाे लागि बन्दीप्रत्यक्षीकरणकाे मुद्धा परेकाे थियाे।
सरकारले विप्लव माअेावादीका नेता कार्यकर्तालाइ तिव्र रूपमा समाइरहेकाे छ।
तर,अदालतकाे आदेशबाट रिहाइ भएपछि उनीहरू स्वतन्त्र रूपमा हिंडन पाउनेछन वा छैनन भन्ने नयाँ सवाल भने खडा भएकाे छ।कतिपय सन्दर्भमा सरकारले अदालतकाे आदेशबाट छुटने वित्तिकै पुन समातेकाे प्रशस्त उदाहरण पनि छ।विप्लव माअेावादीकै प्रवक्ता षडगवहादुर विश्वकर्मा प्रकाण्डलाइ छाडदै पुन अदालतकै परिसरबाट पक्राउ गरिएकाे थियाे।




